गत साता साढे ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 29, 2024 06:55 AM Merolagani


गत साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २५७६.७६ विन्दुमा बन्द भएको नेप्से, गत साता ९० अंक घटेर २४९६.७६ विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो। गत साताको आइतबार र बुधबार नेप्से परिसूचक बढेर बन्द भएको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्रमा झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २४४० देखि २५३० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

फलिङ्ग वेज प्याटर्न

साताको अन्तिम कारोबार दिन नेप्से, फलिङ्ग वेज प्याटर्नको मान्यूट ट्रेण्ड सपोर्ट लाइनमा झरेको छ। नेप्सेले आगामी दिनमा सोही क्षेत्रबाट टेवा पाउने देखिन्छ। यो एक बुलिश प्रकृतिको प्याटर्न हो।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो बियरिश मैनबत्ती नै बनाएको थियो। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ८५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४१.०१ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुई रेखाबीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, पछिल्ला कारोबार दिनमा हिस्टोग्रामको उचाई भने घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले हाल नेप्सेमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM 0

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।