हाथवे इन्भेष्टमेन्टको आम्दानी घट्यो, नाफा भने बढ्यो?

Nov 12, 2023 07:12 AM Merolagani



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनमा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने १हजार ५५८.४९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

आम्दानी घटेपनि खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५४.१९ प्रतिशत घटेको छ भने कुल खर्च ७२.८५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४ पैसा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा रहेको छ।

१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।