उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छनः उद्योगमन्त्री भण्डारी

Jan 03, 2025 03:37 PM Merolagani



उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन् ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन । उनले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताए । उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे । उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे ।

उद्योग मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे । उनले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल,जङ्गल,जमिन,खानी,उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताए । उनले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताए ।

उनले भने,‘ हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्रै रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामिण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो । सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन गर्यो । सानो आकारको भएपनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै छौं । हाम्रो सम्भावना जल,जङ्गल,जमिन,खानी,उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनाहरुलाई छोड्दै गएका छौं । त्यसलाई र्फकाउनु पर्ने छ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं तर बैंकको कृषिमा मात्रै लगानी कति छ ? पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु क्रसित नै छन् । निजी क्षेत्र नै वित्तीय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन् ।’

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गरे । उनले सरकारसँगस निजी क्षेत्र,बैंकर्स र उद्योगी व्यवसायीहरुले खाजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए । उनले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गरे । उनले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताए । उनले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताए । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गरे ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।