सुनको मूल्यमा भारी वृद्धि, चाँदीको भने स्थिर

Jan 01, 2025 10:56 AM Merolagani



पुस १७ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । यस दिन सुनको मूल्य एक हजार ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आजको बजारमा चाँदी मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्नर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पाटनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।