चिनियाँ ईभी जिएसई नेपाली बजारमा सार्वजनिक, कति रहेकाे छ मूल्य ?

Dec 15, 2024 11:25 AM Merolagani



नेपाली बजारमा चिनियाँ ईभी जिएसई सार्वजनिक भएको छ । चिनियाँ अटो निर्माता कम्पनी जिआङ्सी जाइलिङ ग्रुप (जेएमईभी)ले उत्पादन गरेको विद्युतीय कार जिएसई शुक्रबार लन्च भएको हो ।

जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभीकाे पहिलाे माेडल सार्वजनिक गरेकाे हाे । 'जिएसई' नामक यो नयाँ बिद्युतीय सेडान कारको मुल्य ५३ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएकाे छ ।

जिएसईमा ४९ किलोवाट आवरको ब्याट्री पाउन सकिनेछ । यसैगरी,यो नयाँ बिद्युतीय कारमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । याे कार एक पटक चार्ज गर्दा ४२० किलोमिटरसम्म कुद्ने दाबी गरिएको छ । यसैगरी, यसमा अग्लाे ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर पाइनेछ भने प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन पाउन सकिन्छ ।

यसका साथै, यो नयाँ विद्युतिय सेडान कारमा ३६० डिग्री क्यामरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट लगायतका सुविधा पाउन सकिन्छ ।

सन् २०१५ मा जेएमईभी स्थापना भएको थियाे । चीनको उद्योग र सुचना प्रविधी मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने याे पहिलो कम्पनी  हो ।

अहिले, फ्रेन्च अटो निर्माता रेनोको पनि यो कम्पनीमा ५० प्रतिशत हिस्सा रहेको छ । 




comments powered by Disqus

एचआईडिसिएलको लाभांश घोषणा

Dec 11, 2024 10:20 AM

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।