बीमा प्राधिकरणमा कार्यकारी निर्देशक पछि अध्यक्ष पनि रिक्त, बीमा क्षेत्र अस्तव्यस्त हुने अवस्था

Dec 09, 2024 05:05 PM mero lagani



बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि स्वतः पदमुक्त भएका छन् । योसँगै प्राधिकरणमा नेतृत्वको चरम संकट सृजना भएको छ । 

२०८० साउन १५ गते नै अवकाश पाउनु पर्ने सिलवालले नागरिकतामा केरमेट गर्दै पदमा टिकीरहेको आरोप लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर नगरेको भए सिलवाल फागुन ९ गतेसम्म कार्यरत रहने थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते अवकाश पाएका थिए । त्यसयता अर्थमन्त्रालयले कार्यकारी निर्देशक नियुक्त गर्न सकेको छैन । मन्त्रालयले कार्यकारी निर्देशक नियुक्त नगरि केही समय पहिले विशिष्ठ श्रेणी सरहको तलव सुविधा दिने गरि दुईवटा उपकार्यकारी निर्देशकको दरबन्दी सृजना गरेको छ । तर, ती पदमा मन्त्रालयले नियुक्त गरेको छैन ।

झण्डै ८ महिनादेखि कार्यकारी निर्देशक खाली रहदा प्रशासनिक तहबाट हुनु पर्ने कतिपय कामहरु ‘पेण्डिङ’ भैरहेको बेला अध्यक्ष पनि निलम्बित भएपछि प्राधिकरणका नीतिगत कामहरु नै ठप्प हुने अवस्था सृजना भएको छ । ‘अर्थमन्त्रालयले अध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिको लागि तत्काल कदम चालेन भने बीमा क्षेत्रको नीतिगत कामहरु ठप्प हुनेछन् । यसले प्राधिकरणको मात्र नभएर बीमा कम्पनीहरुकै गतिविधिलाई गम्भीर नकारात्मक असर पर्नेछ,’ प्राधिकरणका एक कर्मचारीले मेरो लगानीसँग भने ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 09, 2024 10:43 AM

हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।