८ कारोबार दिनपछि २७०० विन्दुभन्दा तल नेप्से

Nov 21, 2024 03:08 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो।

यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक ८ कारोबार दिन पछि २७०० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि गत कात्तिक २१ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। सो दिन नेप्से २६७५.५१ विन्दुमा बन्द भएको थियो। यस दिन नेप्से घटेर सोही विन्दु नजिक झरेको छ।

बिहीबार नेप्से परिसूचक ३१.३१ अंक घटेर २६८०.४४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८४ हजार ८५८ पटकको कारोबारमा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १९ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 21, 2024 06:25 AM

मंसिर ६ गते, बिहीबार, दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।