स्वाबलम्बन लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य समायोजन

Oct 25, 2024 06:01 AM Merolagani



कात्तिक ९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ। यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको हो।

नेप्सेले स्वाबलम्बन लघुवित्त (SWBBL) को १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९४० रुपैयाँ ९२ पैसा कायम भएको छ।

त्यस्तै, नेप्सले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN) को ८८.४५१६८ प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार १०१ रुपैयाँ ८५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समयाोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा स्वाबलम्बनको शेयर प्रतिकित्ता १ हजार ७५ रुपैयाँ र लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १ हजार ९८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।