निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक, कतिमा हुँदैछ कारोबार ?

Oct 24, 2024 10:58 AM Merolagani



निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेकाे थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि चाँदीको मूल्यले उचाई बनाउदै बढेको थियो ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।