चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको र खराब कर्जा बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.०२ प्रतिशत र सञ्चालन मुनाफा ३५.८६ प्रतिशत घटेको छ। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा १.४९ प्रतिशतबाट बढेर २.५७ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७७ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा घट्न दबाब पुगेको हो। पहिलो ३ महिनामा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड १८ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ७१ पैसा घटेर ११ रुपैयाँ ५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.७५ गुणा रहेको छ।
९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष पछिल्लो ३ महिनामा ९.८२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी सो अवधिमा ६.५१ प्रतिशत र कर्जा ४.२९ प्रतिशत बढेको छ।