एनआईसी एशिया बैंककाे नाफा ११ कराेडमाथि

Oct 23, 2024 12:25 PM Merolagani



एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा ह्रास आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८९.०६ प्रतिशतले संकुचन आएको हो ।

यस अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब एक करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा भारी गिरावट भएको छ भने इम्पेरमेन्ट चार्जको लागि ठूलो रकम व्यवस्थापन गर्नुपर्दा बैंकको नाफामा दबाव परेको देखिन्छ ।

 समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशत घटेको छ भने बैंकको सञ्चालन आम्दानी ८८.७३ प्रतिशतले घटेर १७ करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ । सो अवधिसम्ममा बैंकको एक अर्ब १६ करोड ४३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा नकारात्मक छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्ममा तीन खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा ठूलो दबाव परेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २५ रुपैयाँ ६७ पैसा घटेर दुई रुपैयाँ ९१ पैसामा सिमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा छ । बैंकको खराव कर्जा अनुपात २.०८ प्रतिशत रहेको छ ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।