आइतवार २०० ट्रायम्फ मोटरसाइकलहरू एकै दिनमा डेलिभर गरिएको छ जुन गत अगस्टमा लञ्च पछि प्रि बुक गरिएको थियो। यस विशेष कार्यक्रमका साथमा टायर नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको छ।
नक्साल, काठमाडौंस्थित ट्रायम्फ शोरुममा आयोजना गरिएको यस कार्यक्रममा ट्रयाम्फका स्पीड ४०० एक्स मोडेलहरुको भव्य डेलिभरी गरिएको थियो । यी बहुप्रतीक्षित मोडेलहरू गत अगस्ट २७मा नाडा अटो शो २०२४ सावर्जनिक गरिएको थियो। ब्राण्डलाई लिएर ग्राहकहरुमाझ अत्याधिक उत्साह र उत्सुकता देखिएको कम्पनीकाे भनाइ थियो । त्यस नाडा अटो शो २०२४मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको मोटरसाइकल वितरण कार्यक्रममा भाग लिएका छन्।
यस कार्यक्रममा “द जेन्टलक्यान्स क्लब”को घोषणा समेत गरिएको छ जुन ट्रायम्फ नेपालको आधिकारिक “कम्यूनिटी ग्रुप” हो। कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो। यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने बताइएको छ । कम्पनीका अनुसार यसमा सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायको लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पु-याउन पाउनेछन्।
ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले यो ऐतिहासिक कार्यक्रमको सफलतामा ठूलो गर्व प्रकट गरेको बताएकाे छ। ट्रायम्फ ब्राण्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्राण्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, "ट्रायम्फलाई नेपालमा भित्राउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ। यो ब्राण्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनहरूमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यक्ताअनुसार प्रस्तुत गर्ने छौँ । हामी ग्राहकहरूको मोटरसाइकलको उसचत सेवा र ममर्तसम्भारको लागि उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् ।" यसैबीच, ट्रायम्फको हालको लञ्चपछि आएको अत्याधिक सकारात्मक प्रतिक्रिया र बुकिङहरूले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ बजार स्थापित गरेको कम्पनीकाे दाबी छ।
"यस प्रकारको पहिलो सामूहिक डेलिभरी कार्यक्रम ट्रायम्फ नेपालका लागि केवल सुरुवात हो, जुन नेपालभर मोटरसाइकल प्रेमीहरूकोलागि, समुदाय र रोमाञ्चक यात्राहरूको नयाँ युगको सुरुवातको संकेत हाे," कम्पनीले जारी गरिएकाे विज्ञप्तीमा लेखिएकाे छ ।