प्रि ओपन सेसन अपडेटः १२ अंक घट्यो नेप्से

Oct 20, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १२ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.४७ अंक बढेर २७४५.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.०१ अंक घटेर २७३३.३५ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३१ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको १९० पटकको कारोबारमा ६३ लाख ७० हजार ३८७ रुपैयाँ ६० पैसाबराबरको १७ हजार ३६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ५९ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।